काठमाडौँ । सिद्धार्थ बैंकका ग्राहकहरुलाई लिभलाइफ वेलनेस एण्ड स्पामा छुट हुने भएको छ। बैंकका ग्राहकहरुलाई उक्त स्पाको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट हुने भएको हो।
बैंक र लिभलाइफ वेलनेस एण्ड स्पा बौद्धबीच छुट सम्बधी सम्झौता भएको छ । लिभलाइफ वेलनेस एण्ड स्पामा बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।
सो सम्झौता अनुसार बैंकका ग्राहकहरुले लिभलाइफ वेलनेस एण्ड स्पामा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।