DISH HOME

बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने (सूचनासहित)

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाले दैनिक ९० प्रतिशत न्युनतम नगद मौज्दात राख्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्ता गरेको हो।

राष्ट्र बैंकले नगद मौज्दात अनुपात ७० प्रतिशत रकम दैनिक रुपमा राख्नुपर्ने व्यवस्थालाई परिवर्तन गरेको छ । राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाले कुल निक्षेप दायित्वको ४ (चार) प्रतिशत अनिवार्य नगद मौज्दातबापत यस बैंकमा राख्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यस व्यवस्थाबमोजिम कायम गर्नु पर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम २०८२ जेठ १८ देखि दैनिक रुपमा बैंकमा राख्नु पर्नेछ । सूचनासहित:

 https://www.nrb.org.np/…/2025/05/Circular-12-Upload.pdf 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै