prabhu

कालिका लघुवित्तको नाफा दुई गुणा बढ्यो, प्रतिसेयर आम्दानी र नेटवर्थमा पनि सुधार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। कम्पनीको खुद नाफा १११.६७ प्रतिशतले वृद्धि भई ६ करोड ८० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड २१ लाख २६ हजार रुपैयाँ थियो ।

नाफामा आएको यो उल्लेखनीय वृद्धिको पछाडि खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैको मजबुत वृद्धि मुख्य कारण रहेको छ। कम्पनीको खुद ब्याज आम्दानी ४८.७१ प्रतिशतले बढेर २६ करोड ८१ लाख ३१ हजार रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा १११.४३ प्रतिशतले बढेर ९ करोड ७० लाख ३७ हजार रुपैयाँ मा पुगेको छ।

यस वित्तीय सुधारसँगै प्रतिसेयर आम्दानी  पनि १० रुपैयाँ ७४ पैसा ले बढेर २२ रुपैयाँ २४ पैसा (वार्षिक) मा पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ हाल १७६ रुपैयाँ ५९ पैसा रहेको छ। यद्यपि, कम्पनीको खराब कर्जाको अनुपात ५.२७ प्रतिशत पुगेको छ, जुन सुधारको खाँचो भएको सूचक मानिन्छ । हाल कम्पनीको चुक्ता पुँजी ४० करोड ७६ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै