prabhu

मिथिला लघुवित्तको नाफा ७७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी र नेटवर्थ पनि बलियो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड को वित्तीय प्रदर्शन उल्लेखनीय रूपमा सुधारिएको छ। कम्पनीले सो अवधिमा ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७७.१४ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यो नाफा ३ करोड ५४ हजार रुपैयाँ थियो।

नाफामा आएको वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुबैको उल्लेखनीय वृद्धि हो। कम्पनीको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत बढेर १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यसले ९ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको थियो।

त्यस्तै, सञ्चालन नाफा ११५.०२ प्रतिशतले बढेर ७ करोड ५९ लाख रुपैयाँ मा पुगेको छ, जुन अघिल्लो वर्ष ३ करोड ५३ लाख रुपैयाँ थियो । यद्यपि, कम्पनीको खराब कर्जाको अनुपात पनि केही वृद्धि भएको देखिन्छ। अघिल्लो वर्ष ३.९० प्रतिशत रहेको खराब कर्जा हाल ४.६८ प्रतिशत पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी १९ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १९ करोड ८२ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको प्रतिसेयर आम्दानी (EPS) वार्षिक रूपमा ३६ रुपैयाँ २२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ९८ पैसा मा कायम छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै