PRABHU BANK

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, भयो सम्झौता पत्रमा हस्ताक्षर

Citizens bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति (एक्वीजिसन) गर्ने भएको छ । सो सम्बन्धी दुई संस्थाबीच माघ २८ गते बुधबार मात्रै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । माघ २८ गते विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच बैंकका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक प्रवल जंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक सुवास आचार्यले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भने माघ २८ गते विराटनगरमा आयोजित एक कार्यक्रमकाबीच भएको हो ।
हाल यस बैंकको प्रदेश नं १ मा १३ वटा शाखा रहेकोमा सिर्जना फाइनान्सको प्राप्ति पश्चात् उक्त प्रदेशमा बैंकको जम्मा २७ वटा शाखाहरु र प्रदेश नं २ मा २१ वटा शाखाहरु रहेकोमा प्राप्ति पश्चात् उत्त प्रदेशमा २८ वटा शाखाहरु हुनेछन् । शेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भए बमोजिम निर्धारण गर्ने सहमति भएको छ । बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विनियमावली, २०७३’ बामोजिम फाइनान्सलाई प्राप्ति गर्न लागेको हो ।
सिटिजन्स बैंकको केन्द्रिय कार्यालय काठमाडौंको नारायणहिटीमा रहेको छ । त्यस्तै सिर्जना फाइनान्सको केन्द्रिय कार्यालयय भने मोरङ्को भानु टोलमा रहेको छ । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको भने सिर्जना फाइनान्सको ८४ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । सिटिजन्स बैंकले हाल १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै