सिदार्थ बैंक र सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता, १० प्रतिशतसम्म छुट पाइने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिदार्थ बैंक र सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच सम्झौता भएको छ । बैंकले काठमाडौंको तिनकुनेस्थित सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सिद्धार्थ बैंकका तर्फबाट प्रमुख रविन मल्ल र सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि बिजनेश ग्रुप अफ हस्पिटालिटिका तर्फबाट बिक्री तथा बजार व्यवस्थापनका निर्देशक प्रभाकर खड्काले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिदार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटि अन्तर्गत देशभर रहेका होटल, रेष्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत होटल बसाई, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् ।यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्