prabhu

सिद्धार्थ बैंकको सहयोगमा रुकुम पश्चिमको जनप्रिय विद्यालयको भवन पुनर्निर्माण शिलान्यास

काठमाडौँ। सिद्धार्थ बैंकले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ स्थित श्री जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम आयोजना गरेको छ। २०८० सालको कार्तिक महिनामा आएको विनाशकारी भूकम्पले विद्यालयका दुई भवनमध्ये एकलाई क्षति पुर्याएकोमा पुनर्निर्माण कार्य बैंकको सहयोगमा भइरहेको हो ।

यस विद्यालयमा कुल १७५ जना विद्यार्थी अध्ययनरत छन्, जसमा बाल कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीहरू पठनपाठन गर्दै आएका छन्।

शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका, रुकुम पश्चिमका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक सङ्घका अध्यक्ष तुताराम खड्का, विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायतका शिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्य र अभिभावकहरूको उपस्थिति थियो।

बैंकले सधैं बालबालिकाको गुणवत्तापूर्ण र उपयुक्त शिक्षालाई प्राथमिकता दिँदै आएको छ। बैंकले प्रारम्भिक शिक्षा मात्रै नभई उच्च शिक्षामा पनि दीर्घकालीन सहयोग पुर्‍याउँदै आएको छ। जसले दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादन गर्न मद्दत पुर्‍याउनेछ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै