prabhu

सिद्धार्थ बैंकको सहयोगमा जनप्रिय आधारभूत विद्यालयको भवन पुनर्निर्माण सुरु

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको सहकार्यमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१ स्थित श्री जनप्रिय आधारभूत विद्यालयको क्षतिग्रस्त भवन पुनर्निर्माण कार्य सुरु गरिएको छ। २०८० साल कात्तिक १७ गतेको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका दुईमध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगमा अगाडि बढाइएको हो।

बालकक्षा देखि कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा हाल १७५ जना विद्यार्थी अध्ययनरत छन्।

पुनर्निर्माण शिलान्यास कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विर्ख बहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं. १ का अध्यक्ष टेक बहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघ अध्यक्ष तुताराम खड्का, विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक मुसिकोट शाखाका प्रबन्धक ओपेन्द्र विष्ट लगायत शिक्षक, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको उपस्थिति थियो।

सिद्धार्थ बैंकले दिगो विकास लक्ष्यलाई प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। बैंकले यस्ता सामाजिक पहललाई भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै