DISH HOME

कुमारी बैंक पनि राष्ट्र बैंकको कारवाहीमा (सूचनासहित)

काठमाडौँ। कुमारी बैंक पनि राष्ट्र बैंकको कारवाहीमा परेको छ। निष्कृय कर्जालाई वर्गीकरण नगरेको पाइएपछि कुमारी बैंक राष्ट्र बैंकको कारवाहीमा परेको हो।

यस बैंकबाट जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं २ को बुँदा नं १ को खण्ड (क) को उपखण्ड (२) बमोजिम सूक्ष्म निगरानी कर्जा तथा खण्ड (ख) बमोजिम निष्कृय कर्जालाई वर्गीकरण नगरेको तथा सोही निर्देशनको बुँदा नं ९ को खण्ड (१) बमोजिम न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको छ।

सोहि कारण कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । सूचनासहित:

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै