काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ८९ पैसा र बिक्री दर १३५ रुपैयाँ ४९ पैसा रहेको छ।
आज युरो एकको खरिद दर १५२ रुपैयाँ ९३ पैसा र बिक्री दर १५३ रुपैयाँ ६१ पैसा रहेको छ । शुक्रबार बेलायती पाउण्डको खरिद दर १७९ रुपैयाँ ९६ पैसा र बिक्री दर १८० रुपैयाँ ७६ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ ०१ पैसा र बिक्री दर ३७ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ । बाँकी अन्य देशको मुद्राको विनिमय दर विवरणमा हेर्नुहोस्: