कुमारी बैंकको २ लाख २८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख २८ हजार ४ सय कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । १२ जना संस्थापकहरूले सेयर बिक्री गर्न निवेदन पेश गरेका हुनाले उक्त सेयर बिक्री गर्न लागिएको हो ।
त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक सेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्