prabhu

सानिमा बैंक मान्म शाखाको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सानिमा बैंक मान्म शाखाले विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोवल मनि विक २०२५’ को अवसरमा मंगलबार खाँडाचक्र नगरपालिका वडा नम्बर १ स्थित पञ्चदेव माध्यामिक विद्यालयमा, ‘डिप्लोमा इन सिभिल इन्जिनिरिङ’ संकायमा अध्ययनरत विद्यार्थीहरुमाझ वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र प्रसाद कोइरालाले सानिमा बैंकले जिल्लामा छिटो, छरितो तथा सरल र सुलभ तरिकाले दिएको सेवाप्रति प्रसंशा व्यक्त गरेका थिए।

साथै, अबको नयाँ प्रविधियुक्त युगमा विद्यार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी ज्ञान अपरिहार्य रहेको पनि जनाएका छन् ।  कालिकोटमा सान्नित्रिवेणी गाउँपालिका र सदरमुकाम मान्ममा गरी बैंकका दुईवटा शाखा रहेका छन् ।

कार्यक्रममा ‘अनुसरण गर्नुअघि सोचौँ, भोलिका लागि बुद्धिमानीपूर्ण वित्तीय निर्णय गरौँ । अरुका कुरा सुनौँ तर आधिकारिक कुरा सुनि मात्र स्वविवेकले निर्णय लियौं’ भन्ने मूल नारा रहेको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै