prabhu

गभर्नर, प्रधानमन्त्री र अर्थमन्त्रीबीच ४ घन्टा गोप्य भेट

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री र अर्थमन्त्रीबीच गोप्य भेट भएको पाइएको छ।  प्रधानमन्त्री निजी निवास बालुवाटारमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, प्रधानमन्त्री केपीशर्मा ओली र अर्थमन्त्री बिष्णु पौडेलबीच गोप्य भेट भएको पाइएको हो।

उनीहरुले बुधबार मध्यरातमा ४ घन्टा भेटवार्ता गरेका थिए। सो भेटमा गभर्नर अधिकारी आफैँ गभर्नरमा दोहोरिने विषयमा छलफल भएको हुन सक्ने बालुवाटार स्रोतले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार अर्थमन्त्री नेतृत्वको सिफारिस समितिलाई सहजीकरण गर्ने गरी भावि गभर्नरको खोजी गरिएको हुन सक्नेछ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै