PRABHU BANK

साना किसान लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्कासनमा ल्याउँदै

Sana Kisan Bikas Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्कासनमा ल्याउने भएको छ । कम्पनीले फागुन २८ गते शुक्रबारबाट हकप्रद सेयर निष्कासनमा ल्याउने भएको हो । कम्पनीले २०७२ साल मंसिर २५ गतेदेखि २०७२ साल पौष ३० गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेको संस्थापक समूहको ३ हजार ३ सय ६८ कित्ता र सर्वसाधारण समूहको ९ हजार ७४ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । लगानीकर्ताले फागुन २८ गते शुक्रबारबाट चैत्र १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने भएको छ ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ । लगानीकर्ताले न्युनतम १ सय कित्ताका लागि आवेदन दिनुपर्ने भएको छ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्ने भएका छन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौं, साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै