PRABHU BANK

नबिल बैंकद्धारा ग्राहकलाई बचतको बानी बसाल्न सिकाउने नयाँ भिडियो सार्वजनिक

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंकले ग्राहकलाई बचतको बानी बसाल्न सिकाउने नयाँ भिडियो सार्वजनिक गरेको छ । सबै किसिमका ग्राहकलाई सुहाउँदो डिपोजिट खाताबारे जानकारी प्रदान गर्नका लागि बैंकले उक्त भिडियो सार्वजनिक गरेको हो । यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ । जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो ।
नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार-चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख-दुःखमा भरपर्दो साथ पाइने यस भिडियोमार्फत देखाइएको छ । बैंकले १ सय १९ वटा शाखाहरु, १ सय ८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै