PRABHU BANK

प्राइम कमर्सियल बैंकको ऋणपत्र निष्कासन मिति परिवर्तन

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गते बुधबारबाट ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गर्ने भनेकोमा उक्त मिति परिवर्तन भएको छ । अब उक्त ऋणपत्र फागुन २८ गते शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला हुने भएको छ । बैंकले प्राविधिक कारणले गर्दा मिति परिवर्तन गरेको हो । बैंकले ८ वर्ष अवधिको लागि ‘८.७५ प्रतिशत, ८ वर्ष प्राइम डिबेन्चर २०८५’ नाममा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि १४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २१ लाख कित्ता बिक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याइएकोमा ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषको हिस्सा रहनेछ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेडले गर्ने भएको छ । लगानीकर्ताले आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै