राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्दै

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ।  राष्ट्र बैंकले एक सूचना जारी गर्दै ७ अर्ब रुपैयाँ लगानी गर्ने जनाएको हो ।

राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम राष्ट्र बैंकले बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो।

जसका लागि असार ३ गते साँझ ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।

कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब ६० करोड, राष्ट्रियस्तरका विकास बैंकमा १ अर्ब ५ करोड र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३५ करोड रुपैयाँ मुद्दति निक्षेपका रुपमा लगानी गर्न लागेको छ।

यो लगानी सन् २०२६ जुन १९ देखि २०२७ जुन १९ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्