prabhu

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ मार्फत मुद्दती खाता खोल्न सकिने

काठमाडौँ । कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट सजिलै मुद्दती खाता खोल्न सकिने भएको छ। बैंकले आफ्ना  ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकको मोबाइल बैंकिङ एपबाटै सजिलै मुद्दती खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

बैंकको मोबाइल एप, केएसआइ मोबाइल बैंकिङ मार्फत सहज, सुरक्षित र छिटो तरिकाले बैंकमा भौतिक रुपमा उपस्थित नभई मुद्दती खाता खोल्न सक्नेछन् ।

योसँगै केएसआइ मोबाइल बैंकिङमा लगइन गरी फिक्स डिपोजिट छनौट गरी आफूले चाहेको निक्षेप रकम भरी सजिलै यो सेवा लिन सक्नेछन् । बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै