काठमाडौँ । सानिमा बैंकको अमरसिंह शाखाको सेवा अवरुद्ध भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको पोखरास्थित अमरसिंह शाखाको सेवा फागुन २ गते अवरुद्ध भएको जानकारी गराएको हो ।
बिजुलीको पोल सार्ने क्रममा तार चुँडिएपछि बैंकको सो शाखामा सिस्टमसँग सम्बन्धित कामहरु प्रभावित भएको छ । उक्त शाखा कार्यालय बन्द भएपछि अधिकांश ग्राहकहरु शाखा सञ्चालनमा आउने बाटो कुर्दै बसीरहेका छन् ।
बैंकले प्राविधिक कारणले शाखा सञ्चालनमा आउन नसकेपछि ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । बैंकले जारी गरेको सूचना हेर्नुहोस्: