काठमाडौँ । नेपाल बैंकले शैक्षिक कर्जा दिने भएको छ । बैंकले नेपाल वा विदेशमा उच्च शिक्षाको अध्ययनका लागि विद्यार्थी वर्गलाई सुलभ ब्याजदरमै शैक्षिक कर्जा दिने भएको हो ।
बैंकले एक सूचना जारी गर्दै उच्च शिक्षाको अध्ययनका लागि विद्यार्थीहरुलाई ट्युसन शुल्कको १०० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।
साथै, यस्तो कर्जा नेपाल बैंकको सम्पूर्ण शाखामार्फत पाउन सकिनेछ ।
योसँगै बैंकले शौक्षिक कर्जाको ब्याजदर स्थिर वा परिवर्तनीय दुवै विकल्पमा उपलब्ध हुने जनाएको छ ।