काठमाडौँ । प्राइम कमर्सियलले वित्तीय साक्षरता कार्यक्रम र विपन्न वर्गको परिवारलाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको बर्दघाट शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम र विपन्न वर्गको परिवारलाई न्यानो कपडा वितरण कार्यक्रम माघ १४ गते बर्दघाट नगरपालिका वडा नं ३, कर्मैयास्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयमा सम्पन्न गरेको हो ।
बैंकको बर्दघाट शाखा टिम र प्रधानाध्यापक तारा बहादुर कुंवर को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंक, बर्दघाट शाखाका प्रमुख शंकर राज रेग्मी, कर्जा शाखा अधिकृत दीपक थापा र संचालन विभाग प्रमुख रबिन थापा सहभागी थिए ।
कार्यक्रममा वित्तीय साक्षरताको आधारभूत शिक्षा विषयमा जानकारी दिइएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक ताराबहादुर कुंवर लगायत अन्य शिक्षक तथा अभिभावकको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा सहभागी ५० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको र अभिभावकहरुलाई वित्तीय सुचन र जानकारी दिएको थियो ।
यस वित्तीय साक्षरता कार्यक्रमले लक्षित वर्गको वित्तीय चेतना, ज्ञान र सीपको अभिवृद्धि गर्ने तथा आधुनिक वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको बैंकले जनाएको छ ।