काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ३० अर्ब रूपैयाँ तानेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि निक्षेप संकलन उपकरणमार्फत माघ १५ गते थप ३० अर्ब रुपैयाँ तानेको हो ।
राष्ट्र बैंकका अनुसार २१ दिने निक्षेप संकलन उपकरणको फागुन ६ गते साँवा तथा ब्याज भुक्तानी गरिनेछ ।
पछिल्लो समय कर्जाको माग नबढेपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न धउधउ परेको छ ।