PRABHU BANK

नेपाल एसबिआई बैंकका ग्राहकहरुलाई रेडिसन होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । नेपाल एसबिआई बैंकका ग्राहकहरुलाई रेडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंक र उक्त होटलबीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो ।

सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका प्रमुख संचालन अधिकृत विकास आनन्द र रेडिसन होटेल काठमाडौँका निर्देशक (खाध्य तथा पेय पदार्थ) केदार पाण्डेले आदान प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा होटेलका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै