DISH HOME

नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ प्रकाउ, भ्रष्टाचार‌ गरेको आरोप !

काठमाडौँ । नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ प्रकाउ परेका छन् । अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले १३ वर्षपछि शुक्रबार पक्राउ गरेको हो।

उनले कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हजार सात सय ८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा दोषी ठहर भएका थिए ।

विशेष अदालत काठमाडौँले २०६८ भदौ ६ गते श्रेष्ठलाई दोषी ठहर गरी सजाय सुनाएको थियो । सोही मुद्धामा प्रहरी वृत्त स्वयम्भूको टोलीले १३ वर्षपछि शुक्रबार श्रेष्ठलाई  पक्राउ गरेको हो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै