काठमाडौँ । वाणिज्य बैंकहरुले पुष महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये तीन बैंकले निक्षेपको ब्याजदर घटाउँदा १४ बैंकले ब्याजदर स्थिर राखेका छन् भने तीन वटा बैंकले ब्याजदर बढाएका छन् ।
पुस महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.०५ प्रतिशत बिन्दुले बढेको छ ।
त्यस्तै, मंसिर महिनामा अधिकतम ५.९७ प्रतिशत ब्याज दिएका वाणिज्य बैंकहरुले पुस महिनामा व्यक्तिगत निक्षेपको ब्याजदर औसतमा ६.०२ प्रतिशत ब्याज दिने भएका छन् ।