काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा प्रवाह गरेको कर्जा बढेको छ । चालू आर्थिक वर्षको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा २.५ प्रतिशतले बढेको हो ।
बैंकहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब २८ अर्ब ४७ करोडले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ९९ अर्ब ४० करोड (२.१ प्रतिशत) ले बढेको थियो ।
समिक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.६ प्रतिशत, विकास बैंकको २.० प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ३.९ प्रतिशतले बढेको छ ।