DISH HOME

सिन्धु विकास बैंकको सीईओमा देवकोटा नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेश देवकोटा नियुक्त भएका छन् । उनी आगामी पुस १ गतेबाट लागू हुनेगरी ४ वर्षका लागि सिन्धु विकास बैंकको सीईओ पदमा नियूक्त भएका हुन् ।

उनलाई बैंक सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले सीईओमा नियुक्त गरेको हो। उनी यसअघि नबिल बैंकको सहायक कम्पनी नबिल स्टक डिलरको सीईओ थिए।

सीईओ देवकोटासँग करिब दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै