DISH HOME

वाणिज्य बैंकहरुबाट घरजग्गामा सवा २ खर्ब बढी कर्जा प्रवाह, सबैभन्दा धेरै कर्जा दिनेमा एनआईसी एशिया बैंक

काठमाडौँ । वाणिज्य बैंकहरुबाट घरजग्गामा सवा २ खर्ब बढी कर्जा प्रवाह भएको छ । चालु आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुबाट घरजग्गामा २ खर्ब २५ अर्ब ९७ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुबाट घरजग्गामा २ खर्ब ११ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । हाल सञ्चालनमा रहेका २० वाणीज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकबाट सबैभन्दा धेरै २७ अर्ब २१ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

त्यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट २४ अर्ब ७४ करोड ७२ लाख रूपैयाँ, नबिल बैंकबाट २३ अर्ब ७४ करोड ६८ लाख रुपैयाँ, प्राइम कमर्सियल बैंकबाट १९ अर्ब ७१ करोड २५ लाख रूपैयाँ, ग्लोबल आईएमई बैंकबाट १६ अर्ब ६७ करोड ९५ लाख रूपैयाँ, प्रभु बैंकबाट १५ अर्ब ६५ करोड ८९ लाख रूपैयाँ, लक्ष्मी सनराइज बैंकबाट १५ अर्ब १० करोड रूपैयाँ, नेपाल बैंकबाट १३ अर्ब ७९ करोड ९० लाख रूपैयाँ र हिमालयन बैंकबाट १३ अर्ब २९ करोड ९८ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ ।

यता, राष्ट्रिय वाणिज्य बैंकबाट घरजग्गामा ९ अर्ब ७२ करोड ५७ लाख रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट ८ अर्ब २८ करोड ८५ लाख रूपैयाँ, एभरेष्ट बैंकबाट ६ अर्ब ५५ करोड ३२ लाख रूपैयाँ, सानिमा बैंकबाट ५ अर्ब ६३ करोड २२ लाख रूपैयाँ, एनएमबि बैंकबाट ४ अर्ब ९१ करोड २१ लाख रूपैयाँ, नेपाल एसबीआई बैंकबाट ४ अर्ब ८२ करोड २५ लाख रूपैयाँ, सिद्धार्थ बैंकबाट ४ अर्ब ६५ करोड ३ लाख रूपैयाँ, सिटिजन्स इन्टरनेशनल बैंकबाट ४ अर्ब १६ करोड ४९ लाख रूपैयाँ, कुमारी बैंकबाट ३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र कृषि विकास बैंकबाट १ अर्ब ८५ करोड ५९ लाख रूपैयाँ कर्जा प्रवाह भएको छ ।

यस अवधिमा माछापुच्छ्रे बैंकबाट घरजग्गामा सबैभन्दा कम कर्जा प्रवाह भएको छ। उक्त बैंकबाट एक अर्ब ६२ करोड ४६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै