prabhu

बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने (पूर्णपाठ)

काठमाडौँ । बैंकहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने भएको छ । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले कर्जा स्वीकृत भएको ७ दिनभित्र सम्पूर्ण विवरण कर्जा सूचना केन्द्रमा पठाउनुपर्ने जनाएको हो ।

बैंकहरुका लागि जारी गरेको कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्था समयसापेक्ष संशोधन तथा परिमार्जन गरी कर्जा सूचनासम्बन्धी व्यवस्थाको प्रस्तावित मस्यौदामा राष्ट्र बैंकले यस्तो प्रावधान ल्याएको छ ।

प्रस्तावित मस्यौदामा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण कर्जा वा सुविधाको विवरण कर्जा स्वीकृत गरेको वा कर्जा प्रवाह भएको ७ दिनभित्र कर्जा सूचना केन्द्रमा अद्यावधिक गर्नुपर्नेछ।

९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जा वा सुविधाको विवरण भाखा नाघेको ७ दिनभित्र बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रमा पेस गर्नुपर्नेछ। बाँकि पूर्णपाठमा हेनुहोस्ः
NEPAL RASTRA BANK NOTICE

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै