काठमाडाचैँ । रिजर्व बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले प्रमाणीकरण बिना बैंक खाता खोल्ने जस्ता अनैतिक अभ्यासहरू रोक्न बैंकहरुलाई आग्रह गरेका छन् । उनले निजी क्षेत्रका बैंकहरूका सञ्चालकहरूको सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उचित प्रमाणीकरण बिना खाता खोल्ने जस्ता अनैतिक अभ्यासहरूलाई रोक्नको लागि आफ्नो आन्तरिक सुशासन ढाँचालाई बलियो बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
योसँगै, गभर्नर दासले सम्भावित चुनौतिहरुको पहिचान र सम्बोधनका लागि बैंकहरुको बाह्य र आन्तरिक अवस्थाको राम्रोसँग बुझ्ने गरी सक्रिय दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिएका छन् ।