PRABHU BANK

अमेरिकाको ब्याजदर चार वर्षपछि ०.५० प्रतिशतले घट्यो

काठमाडौँ । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भ (फेड) ले ब्याजदर कटौती गरेको छ । केन्द्रीय बैंकले विश्वव्यापी कोरोना महामारी सुरुवात भएको चार वर्षपछि पहिलो पटक ०.५० प्रतिशत ब्याजदर  कटौती गर्ने निर्णय गरेको हो ।

ब्याजदर कटौती भएपश्चात् अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्नेछ ।

समाचार संस्था सीएनबीसीका अनुसार फेडले ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झारेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।

बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछी फेडरलले ब्याजदर कटौतीको निर्णय गरेको सीएनबीसीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै