डोनाल्ड ट्रम्पले मागे अमेरिकी केन्द्रीय बैंकका अध्यक्षको राजिनामा

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजिनामा माग गरेका छन्। ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको राजिनामा माग गरेका हुन्।

ट्रम्पले आफ्नै पहिलो कार्यकालमा पावेललाई फेडरल रिजर्भका अध्यक्षको जिम्मेवारी दिएका थिए । तर, ब्याजदर नघटाएको भन्दै ट्रम्पले पावेलको पटक-पटक आलोचना गर्दै आएका छन्।

यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने अधिकार छ वा छैन भन्ने अझै प्रष्ट छैन।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्