PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकलाई दूसीत प्रिन्सेस काठमाडौँका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । सिद्धार्थ बैंक र दूसीत प्रिन्सेस काठमाडौँबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई दूसीत प्रिन्सेस काठमाडौँका विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले लाजिम्पाटस्थित दूसीत प्रिन्सेस काठमाडौँमा बैंकको कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट पाइने भएको हो । बैंकका ग्राहकहरूले फुड, बेभरेज र लजिङ्गमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै