PRABHU BANK

सिद्धार्थ बैंकका ग्राहकहरूलाई दूसीत् प्रिन्सेस्मा १५ प्रतिशत छुट

काठमाडौँ । सिद्धार्थ बैंक र दूसीत् प्रिन्सेस् काठमाडौँ बीच व्यावसायिक सम्झौता भएको छ । सोमबार बैंक र दूसीत् प्रिन्सेस् बीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले लाजिम्पाट स्थित दूसीत् प्रिन्सेस् काठमाडौंमा बैंकको कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड, बेभरेज र लजिङमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिने छ ।

उक्त सम्झौतामा ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास रहेको बैंकले जनाएको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै