काठमाडौँ । कर्पोरेट डेभलपमेन्ट बैंकले धितोमा रहेको सम्पत्ति लिलाम बिक्री गर्न बोलपत्र आव्हान गरेको छ । बैंकले १५ दिने सूचना जारी गर्दै यस्तो आव्हान गरेको हो ।
बैंकबाट ऋण लिएका ऋणीहरुले समयमा कर्जा चुक्ता नगरेपछि बैंकले यस्तो सूचना जारी गरेको छ। ऋणीले बैंकबाट लिएको कर्जा नतिरेपछि बैंकले धितोमा रहेको ऋणीको सम्पति बिक्री गर्न लागेको हो ।
बैंकले कर्जा असुल गर्नका लागि धितोमा राखिएका सम्पति बिक्री गर्न लागेको जनाएको छ ।