PRABHU BANK

रेमिट्यान्स रकम सिधै सहकारीको खातामा जम्मा गर्न सकिनेगरी एम बैंक र आइएमई रेमिटबीच सम्झौता

काठमाडौँ । एम बैंक-मोबाइल बैंकिङ र  रेमिट कम्पनी आइएमई लिमिटेडबीच ग्राहकलाई सहज सेवा उपलब्ध गराउने बारे सम्झैता भएको छ । ग्राहकहरूले मोबाइलबाटै आफ्नै सहकारीको खातामा रेमिटेन्स रकमको भुक्तानी लिन सकिनेगरी आइएमई र एम बैंक टेक्नोलोजीले सम्झौता गरेका हुन् ।

सो सम्झौता पश्चात एम बैंकसँग आवद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्समार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । आइएमईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र एम बैंक टेक्नोलोजीका संस्थापक तथा प्रबन्ध निर्देशक सञ्जय महासेठले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

एम बैंकले नेपालभरका करिब ५ सय सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम प्रदान गर्दे आइरहेकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै