काठमाडौँ। कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट यस वर्ष पनि सेयरधनीलाई लाभांश नदिने भएको हो ।
बैंकको पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनैपनि लाभांश विरतण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष वित्तीय विवरण स्वीकृतिको लागि पेश समेत निर्णय गरेको छ।
बैंकले आर्थिक वर्ष २०८०-८१ मा पनि लाभांश वितरण गरेको थिएन।


