PRABHU BANK

बैंकिङ प्रणालीको निक्षेप सङ्कलन एकैदिन ५ अर्ब रुपैयाँले बढ्यो, सीडी रेसियो कति ? 

काठमाडौँ । बैंकिङ प्रणालीको निक्षेप संकलन बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ५ अर्ब रुपैयाँले बढेको हो ।

बैंकिङ प्रणालीको निक्षेप संकलन एकैदिन ५ अर्ब रुपैयाँले बढेर असार २७ गतेसम्म ६४ खर्ब ६२ अर्ब रुपैयाँ कायम भएको छ । गत असार २६ गतेसम्म बैंकिङ प्रणालीको निक्षेप संकलन ६४ खर्ब ५७ अर्ब रुपैयाँ रहेको थियो ।

त्यस्तै, वाणिज्य बैंकहरुको निक्षेप संकलन पनि ३ अर्बले बढेको छ ।  उक्त बैंकहरुको निक्षेप संकलन ५७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ ।

यता असार २६ गतेसम्म ७७.७५  प्रतिशत रहेको सीडी रेसियो घटेर असार २७ गते ७७. ६९ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.९८ प्रतिशतबाट घटेर २.९३ प्रतिशत पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै