PRABHU BANK

नबिल बैंकद्वारा ‘चार दशक नेपालको’ शीर्षकमा फोटो प्रदर्शनी

काठमाडौँ । नबिल बैंकले दरबारमार्गस्थित केन्द्रिय कार्यालय परिसरमा (चार दशक नेपालको) शीर्षकमा तस्विर प्रदर्शनी सुरु गरेको छ । बैंकले स्थापनाको ४०औँ वर्ष पुगेको अवसरमा पछिल्ला चार दशकमा जीवनशैली, अर्थतन्त्र, सञ्चार, यातायात तथा मुद्राको चलनमा आएको परिवर्तनलाई सचित्र बुझाउने प्रयास स्वरूप उक्त फोटो प्रदर्शनी सुरु गरेको हो ।

बैंकका अनुसार गोरखापत्र संस्थान र नबिल बैंकको साझेदारीमा गत शुक्रबारदेखि सुरु प्रदर्शनी एक सातासम्म चल्ने छ ।

उक्त प्रदर्शनीमा दैनिक सयौँको सङ्ख्यामा अवलोकनकर्ताहरू आइरहेको नबिल बैंकले जनाएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले तस्वीर प्रदर्शनले मुलुकमा भएको राजनीतिक परिवर्तनसँगै भएका आर्थिक परिवर्तनलाई नजिकबाट बुझाउने प्रयास गरेको बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै