prabhu

यस्तो छ नेपालमा विदेशी मुद्रामा खाता खोल्ने प्रावधान…(सूचनासहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा विदेशी मुद्रामा खाता खोल्न केही नियामकीय प्रावधान निर्धारण गरेको छ । सो प्रावधान अनुसार परिवर्त्य विदेशी मुद्राको स्रोत भएका व्यक्ति तथा निकायले नेपालमा सोही मुद्रामा चल्ती, बचत, कल वा मुद्दति खातावालाको प्रकृतिअनुसार खाता खोल्न सक्नेछन ।

राष्ट्र बैंकले दैनिक रुपमा प्रकाशन गर्ने विनिमय दर सम्बन्धी सूचनामा समावेश भएका परिवर्त्य विदेशी मुद्रामध्ये भारतीय रुपैयाँबाहेक खरिद तथा बिक्री दुवै दर उल्लेख भएका मुद्रामा मात्र यस्तो खाता खोल्न सकिने प्रावधान रहेको छ।

त्यस्तै, प्राकृतिक व्यक्तिको हकमा विदेशी मुद्राको स्रोतसम्बन्धी विवरण पेस गर्नुपर्दछ । यसैगरी अमेरिकी डलर ५ हजार वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राभन्दा बढी हुनेगरी नगद विदेशी मुद्राका आधारमा खाता खोल्नका लागि नियमानुसारको भन्सार घोषणा कागजात पेस गर्नुपर्ने प्रावधान रहेको छ । यस्तो छ सूचना:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै