PRABHU BANK

कर्जाको ब्याजदर २९ महिनायताकै सस्तो

काठमाडौँ । बैंकहरूको कर्जाको ब्याजदर पछिल्लो २९ महियायताकै तल्लो विन्दुमा आएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांक अनुसार कर्जाको ब्याजदर २९ महिना यताकै सस्तो भएको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत जेठमा बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा औसत १०.१७ प्रतिशत ब्याजदर तोकेका छन् । जुन कर्जाको ब्याजदर २०७८ पुस यता कै सस्तो रहेको छ । ब्याजदर घटे पनि कर्जाको वृद्धिदर भने बढ्न नसकेको राष्ट्र बैंकको तथ्यांकले देखारेको छ ।

त्यस्तै, निक्षेपको ब्याजदर पनि ३१ महिना यताकै न्यून भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले जेठ महिनामा निक्षेपमा औसत ६.१७ प्रतिशत ब्याजदर दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै