PRABHU BANK

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले सानिमा क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८ प्राइम डिबेञ्चर २०९१” नामक प्रति ऋणपत्र अंकित मूल्य १ हजारदरले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो ।

ऋणपत्र निष्कासन लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर  तथा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त बैंकले जारी गर्ने ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट बिक्री गरिने तथा ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम १ अर्ब २० करोड ऋण पुँजी सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै