PRABHU BANK

बैंकहरुमा थुप्रियो २ अर्ब ५५ करोडको सुन

काठमाडौं । बैंकहरुमा दुई अर्ब ५५ करोडको सुन थुप्रिएको छ । बैंकरहरूका अनुसार व्यावसायीहरुले नउठाउँदा बैंकहरुमा दुई अर्ब ५५ करोड अर्थात् २ सय १० किलो सुन थुप्रिएको हो ।

अहिले बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाइरहेको छ । गत जेठ २५ गते मात्रै प्रतितोला १ लाख ४५ हजार रूपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

पुरानै सुनबाट नयाँ गरगहना बनाउने र चोरीबाट भित्रिएका केही सुनको प्रयोगले पनि बैंकहरूले ल्याएको सुन व्यवसायीहरूले नउठाउँदा बैंकहरुमा सुन थुप्रिएको  बैंकरहरु बताउँछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै