PRABHU BANK

ग्लोबल आइएमई बैंकको वित्तीय साक्षरता कार्यक्रममा ३५ हजार बढीको सहभागिता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका २ सय ३३ ओटा शाखा कार्यालयमाबाट सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा ३५ हजार बढीले सहभागिता जनाएका छन् । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले आफ्ना देशै भरका शाखाबाट  आयोज गरेका कार्यक्रमहरुमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा-युवतीहरुको सहभागिता रहेको थियो ।

बैंकले कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३ हजार ५ सय, मधेशमा २ हजार २ सय, बागमतीमा १५ हजार गण्डकीमा ५ हजार ५ सय, लुम्बिनीमा ६ हजार, कर्णालीमा ५ सय र सुदूरपश्चिममा २ हजार ५ सय भन्दा बढि लक्षित वर्गको सहभागिता रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार वित्तीय साक्षरता कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै