PRABHU BANK

एचएसबीसीको अनलाइन बैंकिङ सेवामा समस्या

काठमाडौँ। संसारको सबैभन्दा ठूलो मध्येको एउटा बेलायती बहुराष्ट्रिय बैङ्किङ समूह (एचएसबीसी)का ग्राहकहरूले अनलाइन बैंकिङ सेवाहरूमा आउटेजको सामना गर्नुपरेको छ । बेलायतका बैंकहरू यसबर्ष अनलाइन बैंकिङ सेवाहरूको अवरोध झेलिरहेका छन् । शुक्रबार एचएसबीसीको सेवामा पनि समस्या देखापर्दा हजारौँ ग्राहकहरूले आउटेजको सामना गर्नु परेको हो ।

शुक्रबार करिव सात हजार भन्दा बढी ग्राहकहरूले समस्या आएको गुनासो गरेपछि एचएसबीसीले अनलाइन र मोबाइल बैंकिङमा पहुँच पुनर्स्थापित गरेको बेलायती संचारमाध्यमहरुले बताएका छन् ।

बैंकका प्रवक्ताले भने, ‘यस्ता समस्याले धेरै बैंकहरूमा भुक्तानीलाई असर गरिरहेको छ, जसले ग्राहकहरू बीचको लेनदेनमा ढिलाइ गरिदिन्छ, हामि यसको समाधान पनि गरिरहेकाछौं शुक्रबार देखापरेको समस्या समाधान गरिसकेका छौँ’

अनलाइन बैंकिङ सेवाहरूमा आउटेजको समस्या देखिएपछि केही ग्राहकहरूको तलब वा पेन्सन भुक्तानी ढिलाइ भएको थियो । ग्राहकहरूले आफ्नो कारोबार गर्न वा बिल तिर्न असमर्थ भएको सामाजिक सञ्जाल एक्समा गुनासो पोखेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै