PRABHU BANK

सिद्धार्थ बैंकले ल्यायो नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना, कसरी पाइन्छ रिवार्डस पोइन्ट ?

काठमाडौँ । सिद्धार्थ बैंकले नेपालमै पहिलो पटक ‘सिद्धार्थ रिवार्डस’ योजना ल्याएको छ । बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘सिद्धार्थ रिवार्डस’ योजना सञ्चालनमा ल्याएको हो ।

बैंकले सञ्चालनमा ल्याएको सिद्धार्थ रिवार्डस कार्यक्रम अन्तर्गत सिद्धार्थ बैंकको कार्ड प्रयोग गरी गरेको खरिद र मोबाइल बैंकिङबाट गरेको टपअपको आधारमा सिवार्डसन् पोइन्ट प्राप्त गर्नसकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार यसरी आर्जन गरिएको पोइन्टसलाई हवाइ टिकट, होटल, पसल, उपहार कार्ड, बिमा तथा इन्टरनेट बिल पेमेन्ट आदि जस्ता विभिन्न सेवाहरु लिन भुक्तानीका लागि नगदको सट्टा प्रयोग गर्न सकिने भएको छ ।

बैंकले बुधबार नक्साल स्थित आफ्नो प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह, सञ्चारकर्मी लगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना ‘सिद्धार्थ रिवार्डस’ योजनालाई सार्वजनिक गरेको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै