PRABHU BANK

कुमारी बैंकका ग्राहकहरूलाई पशुपति रिक्रिएसनको सेवामा छुट

काठमाडौँ । कुमारी बैंकका ग्राहकहरूलाई पशुपति रिक्रिएसनको सेवामा छुट हुने भएको छ । बैंक र पशुपति रिक्रिएसन, धुम्बाराही काठमाडौँबीच ग्राहकहरूलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भए पश्चात ग्राहकहरूले छुट पाउने भएका हुन् ।

यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले पशुपति रिक्रिएसनमा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जिपलाईन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट क्रेडिट कार्ड अथवा क्यूआरद्वारा रिर्चाज गर्दा १० प्रतिशत बोनस रिचार्ज प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ३१४ एटिएम, ४९ विस्तारित काउन्टर तथा ५९ शाखा रहित बैङ्किङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई  प्रभावकारी सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै