PRABHU BANK

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले  होटेल आइकावा इन प्रालिको सेवामा छुट पाउने भएका छन् । बैंक र होटेलबीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई १५ प्रतिशत छुट दिनेबारे सम्झौता भएको  हो ।

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रूपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ संस्थाहरूसँग समन्वयगरी यस्ता किसिमका छुट दिने योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै