PRABHU BANK

आइडाको २१औं बैठक मंगलबारदेखि काठमाडौँमा सुरु हुँदै

काठमाडौँ। विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडा) को आगामी बैठक मंगलबार काठमाडौंमा सुरु हुँदै छ । काठमाडौँमा हुन लागेको आइडाको  यो २१औँ र नेपालमा हुने पहिलो बैठक हो ।

आइडा दाताहरू र विश्‍वका अति विपन्न राष्ट्रहरूबीचको साझेदारीको लागि खडा गरिएको विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था हो । बैठकमा ७० देशका २ सयभन्दा बढी व्यक्ति सहभागी हुने विश्‍व बैंकले जनाएको छ ।

शुक्रबार बैठकबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा अर्थसचिव मधुकुमार मरासिनीले आइडा-२१ को बैठकले स्रोत परिचालनका लागि आवश्यक नीति अवलम्बन गर्ने भन्ने मार्गदिशा तय गर्ने जानकारी गराएका हुन् ।

उनले यो बैठक नेपालमा हुँदा कूटनीतिक लाभसमेत मिल्ने बताए । विश्‍वका धेरै देशका प्रतिनिधिहरूको उपस्थिति हुने भएको कारण नेपाललाई पर्यटकीय लाभ पनि मिल्ने उनको भनाइ रहेको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जेर्बोसले नेपालको दिगो र समावेशी विकासका लागि आइडाले वित्तीय स्रोत उपलब्ध गराउँदै आएको बताए । आइडा परिणाम हासिल गर्न सक्षम, पारदर्शी र जवाफदेही प्लेटफर्म रहेको उनले बताएका छन् ।

जेर्बोसले बैठकका क्रममा विश्वव्यापी विकासका लक्ष्य पूरा गर्न प्रयोग गरिने स्रोतहरूको संकलन र नवीकरण गर्न दाताहरू तथा ऋण लिने राष्ट्रहरू एकैठाउँमा बसेर छलफल हुने र यसले आगामी रणनीति तयार गर्ने बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै