PRABHU BANK

नबिल बैंक र प्यारामाउन्ट मोटर्सबीच उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन साझेदारी

काठमाडौँ । नबिल बैंक र प्यारामाउन्ट मोटर्स बिच साझेदारी भएको छ । विद्युतीय गाडी वुलिङ्गको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्स प्रालिबीच ग्राहकहरूलाई उत्कृष्ट वित्तिय सुविधा उपलब्ध गराउन नबिल बैंकसँग औपचारिक साझेदारीको घोषणा गरेको हो ।

पुलिङ्ग बिङ्गो इभिमा रुचि राख्ने नेपाली ग्राहकहरूको पहुँचमा पुर्याउन र आर्थिक सहजता प्रदान गर्न यो सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

चीनको गुआङ्सी, लिउझाउमा सन् १९२८ मा स्थापना भएको वुलिङ्गले सेनाका उपकरणहरू मर्मत गर्नेदेखि विमान, खेती गर्ने मेसिन र ट्रयाक्टरहरु उत्पादन गर्ने काम गरेको थियो । १९८० को दशकमा मित्सुबिशीसँग साझेदारी गर्दै वुलिङ्ग गाडी उत्पादन गर्नतिर लागेको थियो ।

बैंकले व्यक्तिगत कर्जाका लागि भ्याट बिलको ८० प्रतिशतसम्म र फर्मका लागि ७० प्रतिशतसम्म रिफाइनान्सिङ गर्ने भनिएको छ । यसको वित्तीय सीमा २५ लाख रुपैयाँ रहेको छ भेन अटो लोनको अवधि स्ट्यान्डर्ड लोन एड्मिनिस्ट्रेसन फिसहित अधिकतम ७ वर्षसम्म लम्बिन सक्ने जनाइएको छ ।

वुलिङ्ग नेपाल र नबिल बैंक विद्युतीय सवारी साधन खरिद गर्ने प्रक्रियालाई सहज र लाभदायक बनाउँदै ग्राहकहरूलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गरिने  बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै